मिजार समाज नेपाल कास्की जिल्ला समितिको सातौं विशेष सम्मेलनले रमेश सिकेको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय नयाँ समिति चुनेको छ । समितिको उपाध्यक्षमा रमा नेपाली, सचिव आरसी नेपाली (रोहित), सहसचिव कुलबहादुर नेपाली र कोषाध्यक्ष लक्ष्मण नेपाली चुनिएका छन् ।
सदस्यमा पदम नेपाल, सविना नेपाली, सरस्वती नेपाली, राधा बयलकोटी, पुनम नेपाली, हेमा नेपाली, रामबहादुर नेपाली, पवित्र नेपाली, नवीन नेपाली, डिबी नेपाली, सन्तोष नेपाली, राज मोजाकोटी लगायत छन् ।
समारोहमा कास्की जिल्लामा सरकारी सेवामा आवद्ध, वित्तीय संस्थामा कार्यरत, चिकित्सक, इन्जिनियर र विभिन्न तहका जनप्रतिनिधि चुनिएकाहरु सम्मानित भएका छन् । मिजरा समुदायबाट चुनिएका २१ जनप्रतिनिधि, २३ कर्मचारी, स्थानीय तह र प्रदेश र संघ गरी ५ जनप्रतिनिधिलाई सम्मान गरिएको छ । ९५ वर्षीया मैयाँश्री नेपालीलाई पनि संस्थाले सम्मान गरेको छ ।
कार्यक्रम एवं संस्थाका अध्यक्ष उमेश सिके, प्रतिनिधिसभा सदस्य शिव नेपाली लगायतले उनीहरुलाई सम्मान गरेका हुन् । प्रतिनिधिसभा सदस्य नेपालीले मिजारहरुको हक र हितका निम्ति सडक र सदनमा आवाज बुलन्द बनाउनुपर्नेमा जोड दिए । मिजार समाजका केन्द्रीय अध्यक्ष होमबहादुर नेपालीले समाजमा आवद्ध भई अधिकार र समुदायको हितमा लाग्न सबै मिजारहरुलाई आग्रह गरे ।
कार्यक्रममा संविधान सभा सदस्य डिबी नेपाली, गण्डकी प्रदेशसभा सदस्यहरु गोविन्दबहादुर नेपाली, दमयन्ती रुचाल र टीका बस्याल, मगर संघ कास्की सचिव लालबहादुर राना, समाजका संस्थापक सदस्य सनकमान सिके, केन्द्रीय सल्लाहकार कृष्ण नेपाली लगायतले समाजले सधै पछि पारेका वर्गहरु एकै ठाउँमा उभिएर राज्यसँग अधिकार माग्नुपर्नेमा जोड दिए ।