पुलबाट कालिगण्डकी नदीमा हाम फालेकी स्याङ्जाकी किशोरी बेपत्ता

पुलबाट कालिगण्डकी नदीमा हाम फालेकी स्याङ्जाकी किशोरी बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ साउन २०८०
  • 2.6K
    Shares

कालिगण्डकी नदीमा झोलुङ्गे पुल

पुलबाट कालिगण्डकी नदीमा हाम फालेकी स्याङ्जाकी एक किशोरी बेपत्ता रहेकी छिन। चापाकोट नगरपालिका ७ निवासी १६ वर्षीय सजनी परियार बुधबार दिउसो स्याङ्जा र पाल्पा जोड्ने चापाकोट नगरपालिका ७ रामघाटस्थित झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा हाम फालेकी प्रहरीले जानकारी दिएको छ।

ती किशोरीले किन नदीमा हम फालेकी हुन् भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए । बेपत्ता किशोरीको प्रहरीले खोजतलास गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार