पोखराको लेकसाइडस्थित सुबिलम्ब होटलबाट २५ किलाे गाँजा सहित सिन्धुलीका मोक्तान पक्राउ

पोखराको लेकसाइडस्थित सुबिलम्ब होटलबाट २५ किलाे गाँजा सहित सिन्धुलीका मोक्तान पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ साउन २०८०
  • 1.7K
    Shares

बोरामा गाँजा

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट ठुलो मात्रामा अवैध लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं -६ लेकसाइड स्थित सुबिलम्ब होटलको १०५ नम्बर कोठाबाट २५ किलो २ ग्राम गाँजासहित सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका -५ बस्ने २४ वर्षीय विक्रम मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार सोमबार दिउँसो उक्त होटलमा लागू औषध गाँजाको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उक्त परिमाणको गाँजा सहित मोक्तानलाई पक्राउ गरेको हो। बोरामा लुकाइएको अवस्थामा पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया
सम्बन्धित समाचार