छोरीलाई खुकुरी हानेर घाइते बनाएका गुरुङ भरुवा बन्दुकसहित स्याङ्जाबाट पक्राउ

छोरीलाई खुकुरी हानेर घाइते बनाएका गुरुङ भरुवा बन्दुकसहित स्याङ्जाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ साउन २०८०
  • 2.6K
    Shares

भरुवा बन्दुक ताक्दै शिकारी

आफ्नै छोरीलाई खुकुरी हानेर घाइते बनाएका एक व्यक्ति अवैध एकनाले भरुवा बन्दुकसहित आइतबार बिहान स्याङ्जामा पक्राउ परेका छन्। आफ्नै छोरीलाई खुकुरी हानेर घाइते बनाएको आरोपमा पक्राउ परेका स्याङ्जाको भीरकोट नगरपालिका – ७ चिउरीखर्क बस्ने ४० वर्षीय यम बहादुर गुरुङलाई उनको घरबाट अवैध एकनाले भरुवा बन्दुकलगायत अन्य केही बिष्फोटक पदार्थसहित आइतबार बिहान पक्राउ गरेको हो ।

अबैध भरुवा बन्दुकसहित पक्राउ परेका गुरुङको घरमा राखिएको फलामको छर्रा ७ वटा, बारुद करिब ५० ग्राम, छर्रा बानाउने सिसा १ थान, सोडा करिब ५० ग्राम, पटाका २ थान र खुकुरी १ थान पनि प्रहरीले बरामद गरेको बताइएको छ।

घरायसी विवादको विषयलाई लिएर आफ्नै १७ वर्षीया छोरी जुना गुरुङलाई खुकुरी प्रहार गरी घाइते बनाएपछि प्रहरीले गुरुङलाई खोजी गरेको थियो। प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरीले बन्दुकसहित गुरुङलाई फेला पारेको हो।

घाइते बहिनीलाई भने उपचारका लागि भीरकोट नगर अस्पताल पठाइको थियो। सामान्य उपचारपछि उनलाई थप उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार