जबरजस्ती करणी मुद्दामा तनहुँ अदालतद्वारा साढे १८ वर्ष कैद फैसला

जबरजस्ती करणी मुद्दामा तनहुँ अदालतद्वारा साढे १८ वर्ष कैद फैसला


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ असार २०८०
  • 2.8K
    Shares

तनहुँमा साथीको करेण्ट लागेर ज्यान गएपछि बाँकी तीन युवकलाई लाग्यो ज्यान कसुर मुद्दा

तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका एक जना अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आइतबार अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो । अदालतले बिकलाई छ लाख रुपियाँ जरिवाना र रु १५ हजार क्षतिपूर्ति बुझाउन समेत आदेश दिएको छ ।

अभियुक्तविरुद्ध विसं २०७८ असार ८ गते परिवर्तित नाम २०७७÷७८ ट कुमारी वादीद्वारा तनहुँ जिल्ला अदालतमा जबरर्जस्ती करणी मुद्दा दर्ता भएको थियो । चौँध वर्षीया बालिकालाई विसं २०७७ मङ्सिर १५ गते जबरजस्ती करणी र विसं २०७८ जेठ १३ गते गर्भपतन गराएको अभियोगमा प्रहरीले विकलाई पक्राउ गरेको थियो । अभियुक्तले बालिकालाई विसं २०७७ मङ्सिर १५ र त्यसपछि पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार