भैंसीले च्यापिएर दैलेखमा एक वडा सचिवको मृत्यु भएको छ। दैलेखको नारायण नगरपालिका–१० का वडासचिव ५५ वर्षीय चक्रबहादुर कटुवालको भैंसीले च्यापिएर मृत्यु भएको हो ।
वनमा चराउनका लागि लैजाँदै गरेको भैँसी ओरालोमा लड्न लागेपछि उनले भैंसी बचाउन आफ्नो कांध थापेका थिए । तर त्यही भैंसीले च्यापिएर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भैँसीको जिउले च्यापिएर गम्भीर घाइते भएका कटुवालको दैलेख अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।