नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध : ३ नम्बर पुलमा पहिरोले एउटा ट्रक पल्टायो, एक घण्टा पछि खुल्ने

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध : ३ नम्बर पुलमा पहिरोले एउटा ट्रक पल्टायो, एक घण्टा पछि खुल्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ असार २०८०
  • 1.5K
    Shares

मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला नजिक आएको पहिरो

नारायणगढ–मुग्लिन सडक खण्ड फेरी अवरुद्ध भएको छ। उक्त सडक खण्डको तुईन खाेला नजिक ३ नं. पुलमा फेरि पहिराे खसेपछि फेरी सडक अवरुद्ध बनेको हो। उक्त पहिराेले एउटा ट्रक पल्टाएकाे छ । उक्त पहिरो घण्टा भित्र हटाएर सडक सुचारु गरिने डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ।

यस अघि सो सडक खण्डमा पहिरो पन्छाएपछि आइतबार साँझ ५ः४५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको डिभिजन सडक कार्यलय भरतपुर चितवनका ईन्जिनियर सागर कार्कीले जानकारी दिए ।

हाल मुग्लिन-नारायणगढ सडकमा कहिँ कतै अवरोध नरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ। आफ्नो सवारी साधनलाई लेन प्रणालीमा संचालन गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

करिव १८ घण्टा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् । रोकिएका सवारीसाधन गन्तव्यतर्फ जानका लागि प्रहरीले ब्यवस्थापन गरिरहेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई उद्योग वाणिज्य सङ्घ मुग्लिन र होटल सङ्घ मुग्लिनले खाजास्वरुप चाउचाउ, चिउरा र मिनरल वाटर पानी वितरण गरेका थिए । ती दुई संस्थाको नेतृत्वमा मुग्लिनका स्थानीय व्यवसायीबाट सहयोग जुटाई यात्रुहरूलाई खाजा र पानी वितरण गरिएको उद्योग वाणिज्य सङ्घ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले बताए ।

यसैबीच मौका छोपेर यात्रुहरूबाट होटलले खाना तथा खाजाको मूल्य महँगो लिएको गुनासो आएपछि मुग्लिनका होटलहरूमा अनुगमन गरिएको होटल सङ्घ मुग्लिनका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार