पोखराबाट वन रक्षक पदको परीक्षामा सहभागी दुई जना नक्कली परीक्षार्थी पक्राउ

पोखराबाट वन रक्षक पदको परीक्षामा सहभागी दुई जना नक्कली परीक्षार्थी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 1.5K
    Shares

वन रक्षक पदमा अर्काको परिक्षा दिदै गर्दा पक्राउ परेका परिक्षार्थी जुम्लाका पदम बुढा

पोखरामा संचालन भैरहेको वन रक्षक पदको परीक्षामा सहभागी भएका दुई जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका १५, फूलबारीस्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परिसरभित्र मंगलबार सञ्चालन भएको लोकसेवा आयोगको परीक्षामा सहभागी दुइ जना नक्कली परीक्षार्थीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका वयलकाटीया बस्ने १८ वर्षीय बालक र जुम्ला सिन्जा गाउँपालिका लुम बस्ने पदम बुढा छन् । चेक गर्दा परीक्षार्थीहरूको नामको सक्कल नागरिकतामा आआफ्नो तस्बिर टाँस गरेर परीक्षामा सहभागी भएको भेटिएको हुँदा उनीहरुलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी मुद्दामा दिन ५ म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार