मकवानपुरको हेटौंडामा एक दम्पत्ति मृत भेटिएका छन्। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित चाइना क्वाटरमा ७८ वर्षीय को कृष्ण प्रसाद दाहाल र उनकी ७४ वर्षीया श्रीमती नन्द कुमारी दाहाल झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
आफ्नै तीन तले पक्की घरमाथिको ट्रसले छाएको पूजा कोठामा दुबैजना करिब ३ मिटरको फरकमा फलामको ट्रसमा धोती (गम्छा) को पासो लगाई झुन्डिएको अवस्थामा उनीहरु मृत फेला परेको प्रहरीको भनाइ छ ।