दार्चुलाका एक वडाध्यक्ष वलात्कारको आरोपमा पक्राउ परेका छन्। दार्चुलाको मालिकार्जुन गाउँपालिका-३ का वडाध्यक्ष मदन सिंह धामी वलात्कारको आरोपमा पक्राउ परेका हुन् ।
गाउँकै एक जना महिलाले वलात्कार गरेको आरोप लगाए पछि गएको माघ महिनादेखि उनले वडा सदस्य करन धामीलाई कार्यबाहक दिएर उपचार गर्न भन्दै हिडेकोमा त्यसपछि बेपत्ता रहदै आएका थिए।
आफूलाई गत माघ २० गते धामीले जवरजस्ती करणी गरेको महिलाले बताएकी छन्। घटना भएयता वडाध्यक्ष धामी फरार भएका थिए।
धामीविरुद्ध फागुन ५ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन्। उक्त जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए।
पक्राउ परेका वडाध्यक्ष धामीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।