बझाङमा यार्सा सङ्कलक बिच ग्याँङ फाइट : दुई जना घाइते, दुई जना पक्राउ

बझाङमा यार्सा सङ्कलक बिच ग्याँङ फाइट : दुई जना घाइते, दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ जेष्ठ २०८०
  • 2K
    Shares

झडप

बझाङमा यार्सा सङ्कलक बिच ग्याँङ फाइट भएको छ। जिल्लाको साइपाल गाउँपालिका वडा नम्बर २ माझा वनमा यार्सा सङ्कलक बिचमा झडप भएको हो। बझाङ प्रहरीका अनुसार यार्सा सङ्कलन गर्न गएका साइपाल गाउँपालिका वडा नम्बर २ र तल्कोट गाउँपालिका लोकण्डका युवाहरुबिच ग्याँङ फाइट भएको हो।

झडपमा लोकण्डका पवन रोकाया र साइपालका देवजंग बोहरा घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको छ। दुइ जना प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार