नाबालिकालाई भिडियो च्याटमार्फत अश्लील हर्कत गर्न लगाउने युवा पोखराबाट पक्राउ

नाबालिकालाई भिडियो च्याटमार्फत अश्लील हर्कत गर्न लगाउने युवा पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ जेष्ठ २०८०
  • 2K
    Shares

सामाजिक सञ्जाल मार्फत नाबालिकालाई अश्लील कुराकानी गर्न तथा भिडियो च्याट मार्फत अवाञ्छित क्रियाकलाप गर्न लगाउने एक युवा पोखराबाट पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर १९ स्थित पुरनचौरका २१ वर्षीय मनिष भुजेललाई अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा भुजेललाई पोखराबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भुजेलबिरुद्ध प्रहरीले सामाजिक सञ्जाल मार्फत नाबालिकालाई शोषण , दुर्व्यवहार र अश्लील हर्कत गरेको आरोप लगाएको छ। त्यस्तै अभियुक्त भुजेलले आफुले भनेअनुसार नमानेपछि पिडित बालिका र उनकी आमालाई धम्कीपूर्ण म्यासेज पठाएर अनर्गल कुराकानी गरेको आरोप पनि लगाएको छ।

प्रहरीका अनुसार नाबालिकालाई अनावश्यक मानसिक तनाव र हैरानी दिने भुजेलमाथि थप अनुसन्धान भईरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार