सोलुखुम्बुमा एक महिलाको हत्या भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम किशोर शाहले जानकारी दिए ।
घरमा एक्लै बस्दै आएकी राईको भान्सा कोठामा शव भेटिएको प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए । मृतक राईको जिउभरी चोट रहेको छ । गएराति करिब ९ बजेको समयमा राईको अज्ञात समुहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीले जनाएको छ । महिलाको शब अर्धनग्र अवस्थामा भेटिएको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ की वडा सदस्य सरिता राइले बताइन् ।
प्रहरीका अनुसार राइका श्रीमान् यस अघि नै बितिसकेका र छोराछोरी अध्ययनका लागि काठमाण्डौमा छन् । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । थप अनुसन्धानका लागी तालिम प्राप्त कुकुर झिकाउने तयारी भइरहेको छ ।