बागलुङको खनियाघाटबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने आठ ट्याक्टर नियन्त्रणमा

बागलुङको खनियाघाटबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने आठ ट्याक्टर नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 3.2K
    Shares

अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने ट्याक्टरहरु

बागलुङ जिल्लाको बागलुङ नगरपालिका-१ खनियाघाटबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने आठ ट्याक्टर नियन्त्रणमा परेका छन्।

खनियाघाटस्थित कालिगण्डकी नदी किनारमा मंगलबार राती ८ बजे अवैध रुपमा ढुङगा, गिट्टी, बालुवा उत्खनन् गर्दैगर्दा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ध १ त ३३५, ध १ त ३४३, ध १ त ३८८, ध १ त ५८९, ध १ त ४६७, ध १ त २१३, ध १ त २४१ र लु ५ त १२६७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन के.सी.ले बताए।

नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि बुधबार बागलुङ नगरपालिकामा पठाइएको प्रनाउ केसीले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार