आज साँझ ६ बजेर ५४ मिनेट जाँदा बाजुरा केन्द्रविन्दु भएर गयो भूकम्प

आज साँझ ६ बजेर ५४ मिनेट जाँदा बाजुरा केन्द्रविन्दु भएर गयो भूकम्प

  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ जेष्ठ २०८०
  • 3.4K
    Shares

आज साँझ ६ बजेर ५४ मिनेट जाँदा बाजुरा केन्द्रविन्दु भएर गयो भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ।

आज साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार