पोल्यान्ड लैजाने भन्दै काठमाण्डौको होटल मेरियटमा अन्तरवार्ता लिदै गरेका दुई बिदेशी पक्राउ

पोल्यान्ड लैजाने भन्दै काठमाण्डौको होटल मेरियटमा अन्तरवार्ता लिदै गरेका दुई बिदेशी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ जेष्ठ २०८०
  • 1.6K
    Shares

प्रहरी नै पक्राउ

नेपाली युवाहरुलाई पोल्याण्ड लैजाने भन्दै काठमाण्डौको म्यारियट होटलमा अन्तरवार्ता लिईरहेका दिइरहेका दुई जना बिदेशी नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना बेलारुसका नागरिकहरु एलेग फेडोसिक र र्‍याट फियागोसिक रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जानकारी दिएको छ।

उनीहरुले एउटा भिडियो बनाएर “शनिबार नक्सालस्थित मेरियट होटलमा पोल्याण्ड र युरोप जानका लागि अन्तरवार्ता हुने” भन्दै फेसबुक र टिकटकमा बिज्ञापन राखेका थिए। केहीदिन अघि टिकटकमा nasc198 नाम रहेको आइडीबाट एउटा भिडिओ सार्वनजनिक भएको थियो। भिडिओमा ‘रिता’ नामले चिनाएकी एक युवतीले आफू पोल्यान्ड रिक्रुटमेन्ट कम्पनीको प्रतिनिधि रहेको र वेयरहाउस र फ्याक्ट्रीमा काम गर्न हजार जना नेपालीलाई पोल्यान्ड र अन्य युरोपियन देशमा लैजान चाहेको बताएकी थिइन्। सोहि अनुसार नेपाली युवाहरुसंग अन्तरवार्ता लिई रहेका दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूको युएईको जुभेरास्थित नर्थ अमेरिकन भिसा सर्भिसमा आवद्धता देखिएको बताइएको छ । उनीहरूमाथि थप अनुसन्धान गरी कारबाही अघि बढाइने प्रहरीले जनाकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार