पोखरामा बिहीबार नगर बसले ठक्कर दिंदा पोखरा महानगरपालिका २५ हेम्जाका ४६ वर्षीया तुलसीप्रसाद तिवारीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवण कुमार विकका अनुसार छोरेपाटनबाट विश्व शान्ति स्तूपतर्फ जाँदै गरेको ग १ ख ३२८७ नम्बरको नगरबसले ग २३ प ३६८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा सोही स्कुटरमा सवार हेम्जाकै २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन् । खुट्टा र टाउकोमा चोट लागेका त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।