आज देशका यी चारवटा प्रदेशमा वर्षा हुने सम्भावना

आज देशका यी चारवटा प्रदेशमा वर्षा हुने सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ बैशाख २०८०
  • 5.2K
    Shares

वर्षा, rain

मंगलबार देशका चारवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका तराई भूभागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ।

मंगलबार राति कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार