पोखराको फुर्सेखोलामा पौडी खेल्दा डुबेर एक बालकको मृत्यु

पोखराको फुर्सेखोलामा पौडी खेल्दा डुबेर एक बालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ बैशाख २०८०
  • 7K
    Shares

पोखरा -१७ पावरहाउस फुर्सेखोलामा पौडी खेल्नेक्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ । शनिबारको दिन फुर्सेखोलामा पौडी खेल्न गएका पोखरा महानगर पालिका वडा नम्बर १५ नयाँगाँउ बस्ने वर्ष १५ को रोनिष गुरुङ सोही खोलाले बगाएर मृत्यु भएको हो।

प्रहरीका अनुसार, बालक रोनिश खोलामा पौडी खेल्ने क्रममा डुवी बेपत्ता भएपछि वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक हरी प्रसाद पौडेलको कमाण्डमा १० जनाको टोली उद्दारका लागि खटिएको थियो । सो टोलीले उनलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । शवलाई पोष्टमार्टका लागि अस्पतालमा राखिएकोछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार