धनगढीमा छोराको हत्या गरेर एक व्यक्तिलाई प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। धनगढी उपमहानगरपालिका-६ को मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरीले शनिबार बिहान आफ्नै २१ वर्षीय छोरा अर्जुनको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रहरीले जानकारी दिएको छ।
महेशले छोरा अर्जुनलाई घरदेखि करिब एकसय ५० मिटर टाढा जंगलमा ईटाले टाउकोमा हानि हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बताए। तर हत्या गर्नुको कारण भने खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले चौधरीले आत्मसर्पण गरेको बताउँदै नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।