वीरगञ्ज–कलैया सडकखण्डमा रड बोकेको ट्रयाक्टरको पछाडि ठोक्किदा एक जना सैनिक जवानको मृत्यु भएको छ। वीरगञ्जबाट रड बोकेर रौतहटको देवाहि गोनाही आउँदै गरेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा गएराति बा८०प ८२८० नंको मोटसाइकल ठोक्किँदा मोटसाइकलचालक नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार रामको मृत्यु भएको हो।
चितवनबाट आफ्नो घर फर्किने क्रममा कलैया उपमहानगरपालिका– १६ का राजनकुमार रामले चलाएको मोटरसाइकल बाराको सिसहनीया चोक नजिकै करिब ९ बजे ठोक्किएको थियो । प्रहरीका अनुसार टयाक्टरमा ठोक्किएका सैनिक जवान रामको शरिर भरी रड छिरेको छ ।
सो घटनापछि मृतकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल कलैया पठाइएको तथा ट्याक्टर चालक रौतहट देवाहि गोनाही– ६ टिकुलियाका ३० वर्षीय रमेश तिवारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।