रक्सीले मातेपछि तनहुँको शान्तिनगरमा साथीको हत्या : चन्द पक्राउ

रक्सीले मातेपछि तनहुँको शान्तिनगरमा साथीको हत्या : चन्द पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ बैशाख २०८०
  • 8.3K
    Shares

खैरेनीटार- भिमाद शान्तिनगर स्थित सडकको नालीमा एक युवकको शव हत्या गरेर फालेको अवस्थामा भेटिएको छ ।

दोभानको उकालो नजिकै एक्लेवरमा विहान ५:४५ बजे बेवारिसे अवस्थामा स्थानीय ३८ बर्षका सुरेन्द्र बि.कको शव फेला परेको प्रहरीले जनाएको छ । मकै गोड्ने मेला जाने क्रममा एक महिलाले नालामा वेबारिसे अवस्थामा मान्छे लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृत समेतको अनुसन्धान टोलीले प्रारम्भिक रूपमा अनुसन्धान गर्दा बि.कको टाउकोमा कडा वस्तुले प्रहार गरेर हत्या गरी नालीमा फालेको देखिएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

उनका अनुसार घट्नामा संलग्न भएको आशंकामा स्याङ्जा हरिनास गाउँपालिका-४, गृहकोट स्थायी घर भई शुक्लागण्डकी-७,शान्ति नगरमा डेरा गरी बस्ने वर्ष ५७ का देवबहादुर चन्दलाई पक्राउ गरी उनीमाथि थप अनुसन्धान भईरहेको जनाइएको छ ।

स्थानीयका अनुसार वि.क उनका साथीहरुसंग राती रक्सी खाएर बसेका थिए । रक्सीले मातेपछि आपसमा विवाद हुदाँ घट्ना भएको हुन सक्ने उनीहरुले आशंका गरेका छन् । वि.कलाई मकै बारीबाट लछारपछार गरी घिसार्दै नालामा फालेको देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार