चितवनमा मिक्चरले स्कुटरलाई ठक्कर दिंदा शिक्षकका नेता पौडेलको मृत्यु

चितवनमा मिक्चरले स्कुटरलाई ठक्कर दिंदा शिक्षकका नेता पौडेलको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ बैशाख २०८०
  • 6.5K
    Shares

मृतक शिक्षक महेन्द्रप्रसाद पौडेल

चितवनमा आज बिहान मिक्चरले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक समेत रहेका शरदपुर माध्यमिक विद्यालयका पूर्वप्राध्यानाध्यापक एवं हाल सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष ६८ वर्षीय महेन्द्रप्रसाद पौडेलको मृत्यु भएको छ।

हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा२ क ८३४९ नम्बरको मिक्सरले बाटो काट्ने क्रममा रहेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर महानगरपालिका–९ का स्कुटर चालक पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। ठक्करबाट घाइते पौडेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज बिहान ९:३५ बजे मृत्यु भएको उनले जानकारी दिए।

ठक्कर दिने मिक्सर र चालक प्रहरीको नियन्त्रणमा छन् । मृतक पौडेल नेपाल शिक्षक सङ्घ चितवनका पूर्वअध्यक्ष थिए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि रहेका पौडेल विभिन्न सामाजिक सङ्घ संस्थामा रहेर काम गर्दै आएको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार