आज पहाडी क्षेत्रमा वर्षा, तराइमा हावाहुरीको सम्भावना

आज पहाडी क्षेत्रमा वर्षा, तराइमा हावाहुरीको सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ बैशाख २०८०
  • 5K
    Shares

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार