बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या

बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ बैशाख २०८०
  • 5K
    Shares

बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका-८ कालागाउँ बस्ने अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जोशी शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा भेटिएको जानकारी दिए । खत्रीकाअनुसार जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको छ ।

वासुदेवको कसले र किन हत्या गरेको हो ? भनेर खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार