दार्चुलामा मृत भेटिएका युगल जोडी मध्ये युवाको पनि पहिचान खुल्यो

दार्चुलामा मृत भेटिएका युगल जोडी मध्ये युवाको पनि पहिचान खुल्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ बैशाख २०८०
  • 5.4K
    Shares

मृत युगल जोडी ,dead couple

दार्चुलाको नौगाड गाउँपालिका–४ स्थित सिप्टी जाने सडक खण्डको बासिडाँडामा मृत भेटिएका युगल जोडीमध्ये पहिचान हुन नसकेका युवाको पनि पहिचान खुलेको छ। सडकबाट करिब दुई सय ५० मिटर तल भिरमा भेटिएको शव नौगाड–४ घर भएका लोकेन्द्र ठगुन्नाको रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी तर्कराज पाण्डेले जानकारी दिए । सोही ठाउँमा मृत भेटिएकी १७ वर्षीया युवती पनि नौगाड–४ कि सन्जिला धामी रहेकी बताइएको छ।

प्रेमी–प्रेमिका भएको ठानिएका उनीहरु बिहिबार साँझ नौगाड गाउँपालिका–४ स्थित सिप्टी जाने सडक खण्डको बासिडाँडामा मृत फेला परेका प्रहरीले जानकारी दिएको छ। मृतकहरु दुवैजना १७ वर्षका रहेको प्रहरीले जनाएको छ । किशोरीको शरीरमा चोटपटक लागेको छ । प्रेमीको शव भिरमा अड्किएको अवस्थामा भेटिएको छ ।

घटनास्थमा आंशिक फुटेको अवस्थामा मोबाइल भेटिएको डिएसपी पाण्डेले जानकारी दिए । चैत २९ मा उनीहरु मेला हेर्न घरबाट बासिडाँडातर्फ लागेका थिए । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार