१३ वर्ष अघि पर्वतमा आफ्नै काकाको हत्या गरेर भागेका डबिन गुरुङलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। पर्बत जिल्लाको साबिक पैयु गा.वि.स.वडा न.७ घर भई हाल पोखरा महानगरपालिका वडा न.१४ चाउथेमा बस्दै आएका ४८ वर्षीय डबिन गुरुङलाई ईलाका प्रहरी कार्यालय हुवास पर्बतबाट खटिएको प्रहरी टोलीले उनको आफनै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
आफ्नै काका नाता पर्नेको हत्या गरेको घटनामा निज डबिन गुरुङलाई दोषी ठहर गर्दै सर्बोच्च अदालतको मिति २०६६।११।०३ गते कर्तब्य ज्यान “सम्बन्धी कसुरमा आठ बर्ष दुई महिना २३ दिन कैद सजायं तोकेको थियो। सर्बोच्च अदालतले कैद सजायं तोकेको भए पनि उनी फरार रहेका थिए।
पक्राउ परेका डबिन गुरुङलाई जिल्ला प्रहरी कार्यालय पर्वतले कैद भुक्तानका लागि पर्बत जिल्ला अदालतमा पेश गरेकोमा अदालतले पर्वत जिल्ला कारागार पठाएको प्रहरीले जानकारी दिएको छ।