मर्स्याङ्दी नदीमा मृत भेटिए तनहुँका मदन घिमिरे

मर्स्याङ्दी नदीमा मृत भेटिए तनहुँका मदन घिमिरे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 5.1K
    Shares

मर्स्याङ्दी नदी

तनहुँको आबुखैरेनीबाट सम्पर्कविहीन भएका युवक मृत भेटिएका छन् । आबुखैरेनी गाउँपालिका-३ घर भएका ३६ वर्षीय मदन घिमिरे मर्स्याङ्दी नदीमा मृत अवस्थामा भेटिएका हुन् ।

घिमिरे फागुन १२ बाट सम्पर्कविहीन भएको र खोजतलास गर्दा मस्र्याङ्दीमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर गायत्रीराज शर्माले जानकारी दिए ।

मंगलबार सशस्त्र प्रहरीको गोताखोरले उनको शव निकालेको छ । मृतकको स्कुटर आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मर्स्याङ्दीको किनारमा भेटिएको थियो । प्रहरीले उनको खोजतलासका लागी तालिमप्राप्त ट्रयाकर डग पनि परिचालन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार