भाँडा धुन धारामा गएकी दुई वर्षीया बालिका बझाङमा बलात्कृत भएकी छिन्। बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ की दुई वर्षीया बालिका धारामा भाडा धुन गएकी बेला वलात्कृत भएकी हुन्।
प्रहरीका अनुसार, फागुन १२ गते साँझ आफू घरबाट डेढ सय मिटर टाढा रहेको धारामा भाँडा धुन गएका बेला वलात्कृत भएको भन्दै उनकी आमाले प्रहरीमा उजुरी दिएकी छिन्।
प्रहरीमा उजुरी परे पछि प्रहरीले सोही ठाउँका ६८ वर्षीय बृद्धलाई खोजी शुरु गरेको प्राप्त समाचारमा जनाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले बालिका बलात्कारको मुद्दा दर्ता भइसकेको र अभियुक्तको खोजी भइरहेको बताए ।