मोटरसाइकल चोरी गरी पार्टपुर्जा बदलेर बेच्ने गिरोह पक्राउ

मोटरसाइकल चोरी गरी पार्टपुर्जा बदलेर बेच्ने गिरोह पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ फाल्गुन २०७९
  • 5.9K
    Shares

मोटरसाइकल चोरी गरी पार्टपुर्जा बदलेर बेच्ने गिरोह पक्राउ

पाँचथर र तेह्रथुमको विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न आठजनालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

चोरीका मोटरसाइकल खरिद गरी पाटपुर्जा पविर्तन गरेर सञ्चालन गर्नेलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

तेह्रथुमको आठराई गाँउपालिका ४ का २३ वर्षीय श्रीप्रसाद तामाङ,१९ वर्षीय शिवकुमार तामाङ,२० वर्षीय सुरज पुर्वछाने मगर,२१ वर्षीय वासुदेव तामाङ, २१ वर्षीय पविन इङ्नामलाई प्रहरीले पक्राउ गरेको हो ।

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका १ घर भई आठराई ४ मा बस्दै आएका एनमान दियाली,इलामको फाकफोकथुम घर भइ आठराईमा दुग्ध डेरी सञ्चालन गर्ने २७ वर्षीय तारा बराल र पाँचथरको फालेलुङ गाउँपालिका ५ घर भइ फिदिम नगरपालिका १ मा ग्यारेज सञ्चालन गर्ने विरेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । पछिल्लो समयमा पाँचथरमा मोटरसाइकल चोरीका घटना बढिरहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार