जसपा सांसद रहमानको निधन

जसपा सांसद रहमानको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ फाल्गुन २०७९
  • 3.7K
    Shares

जसपा सांसद रहमान

जनता समाजवादी पार्टी जसपा नेपालबाट प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको निधन भएको छ ।

जसपा केन्द्रिय सदस्यसमेत रहेकी रहमानको हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

भक्तपुरमा शुक्रबार एउटा पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले आज शनिबार मृत घोषणा गरेको बस्नेतले बताए । रहमान झापाबाट समानुपातिकबाट सांसद बनेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार