गएराती वालिङमा ट्रयाक्टर दुर्घटना : चालक र सहचालक दुबैको मृत्यु

गएराती वालिङमा ट्रयाक्टर दुर्घटना : चालक र सहचालक दुबैको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ फाल्गुन २०७९
  • 7.6K
    Shares

trackter accident

स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जगतभन्ज्याङबाट मिर्दीतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ–६ को आम्डालीमा आइतबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी उक्त ट्रयाक्टरका चालक र सहचालक दुबैको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक चापाकोट–२ का नविन सुनारको वालिङ अस्पताल र सहचालक वालिङ–८ का १४ वर्षका सोविन विकको उपचारका क्रममा पोखरामा ज्यान गएको प्रहरीले जनाएको छ ।

आइतबार राति ढुङ्गा बोकेको ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिटर तल झरेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार