पर्वतको खुर्कोटमा मिनि भ्यान दुर्घटना : चालकको मृत्यु, तीन जना घाइते

पर्वतको खुर्कोटमा मिनि भ्यान दुर्घटना : चालकको मृत्यु, तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ फाल्गुन २०७९
  • 3.2K
    Shares

पर्वतको कुश्मा नगरपालिका- २ खुर्कोटमा गएराती मिनि भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना यात्री घाइते भएका छन्।

मध्यपहाडी लोकमार्गको कुश्मा–बागलुङ सडकवाट खुर्कोटतर्फ उक्लिदै गरेको ध१ज ११२३ नम्वरको मिनि भ्यान उकालो सडकमा गएराती दुर्घटना हुँदा ४० वर्षीय चालक बालकृष्ण पौडेलको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई पर्वत जिल्ला अस्पतलामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव पनि पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ। दुर्घटनामा खुर्कोटकै मनिषा दर्जी, सजिना विक र मुकुन्द पौडेल घाइते भएका छन्। उनीहरुलाई पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

उकालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार