गाेरखाकी केराघारीमा ३० वर्षीया एक युवतीको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गोरखा नगरपालिका–१२ को रत्नेटार निवासी ३० बर्षिया बिमला कुमालको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
माघ २४ गते बिमला कुमालको हत्या गरेको आरोपमा खुईले भन्ने चन्द्रबहादुर कुमाल र धिरज कुमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये सोही स्थानका खुईले भन्ने चन्द्रबहादुरलाई भारत तर्फ जादै गरेको अवस्थामा माघ २५ गते कञ्नचपुर जिलालको भिमदत्त नगरपालिका–४ को महेन्द्रनगरबाट पक्राउ गरेको थियो भने धिरजलाई माघ २७ गते गोरखा नगरपालिका–१२ को रत्नेटारबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका दुवैलाई आइतबार गोरखा जिल्ला अदालतबाट कर्तब्य ज्यान शिर्षक मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
बिमलालाई उनीहरुले कर्तब्य गरी माघ २४ गते घरबाट केही पर लगि केराघाँरीमा हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।