तनहुँको व्यास नगरपालिका–११ निर्वु सामुदायिक वनमा शनिबार एक मानव अस्थिपञ्जर फेला परेको छ । सामुदायिक वनमा एक अस्थिपञ्जर फेला परेको खबर पाए पछि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको नेतृत्वमा गएको प्रहरी टोलीले घटनास्थलको अध्ययन अनुसन्धान गरेको छ। तर मृतकको नामथर, वतन र लिङ्ग पहिचान हुन नसकेको बताइएको छ ।
अनुसन्धानमा खटिएको टोलीले घटनास्थल सुरक्षित गरी घटनास्थलमा देखिए अनुसारको विवरणसहित घटनास्थल तथा शव जाँच मुचुल्का गरी उक्त कंकाल पोष्टमार्टम तथा सनाखत प्रयोजनार्थ दमौली अस्पतालको शव गृहमा राखेर थप अनुसन्धान अगाडि बढाइको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।