जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले दुई दिनमा ५० वटा मोटरसाइकलहरु नियन्त्रणमा लिएको छ। पोखराका विभिन्न स्थानहरुमा गरिएको सवारी चेकिङका क्रममा सवारी नियम उल्लंघन गर्ने ५० वटा मोटरसाइकलहरु नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।
मोटरसाइकलको स्वरूप परिवर्तन गरि ध्वनि प्रदूषण गर्ने र तीव्र गतिमा चलाएर सवारी नियम उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएर कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।
माघ २६ र २७ गते दुई दिन सम्म गरिएको सवारी चेकिङ्का क्रममा नियन्त्रणमा लिएका ती मोटरसाइकलहरुलाई जरिवाना गरेर छाडिएको ट्राफिक प्रहरीको दाबी छ।
नियन्त्रणमा लिइएका मोटरसाइकल धनीलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गराइएको बताइएको छ। ट्राफिक र सवारी नियम उल्लंघन गर्ने चालकलाई सवारी नियम सिकाउने तयारी भइरहेको उनले बताए ।