पाेखरामा एक सहकारी सञ्चालकले आत्महत्या गरेका छन् ।
डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या गरेका हुन्।
ह्याप्पी पानी उद्योग सञ्चालकसमेत रहेका खातीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुसन्धानमा खुलेको छ।
एक छोरी र छोरा रहेका खातीकी श्रीमती सिर्जना खड्का घटनापछि बेहोस् अवस्थामा छिन्। उनको उपचार गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ।
उनी आबद्ध सहकारी सञ्चालक समितिको आजै बैठक बसेको थियो। बैठक सकिएपछि खातीले आत्महत्या गरेको बताइन्छ।
प्रहरीका अनुसार मृतक खातीको खल्तीमा तिर्नुपर्ने रकम विवरणसहितको चिटसमेत भेटिएको छ भने धेरै ऋण रहेको र दुई/तीन दिनअघिसम्म साथीभाइसँग सापटी माग्दै हिँडेको उनका निकटस्थहरूले बताएका छन्।