म्याग्दीमा जिप दुर्घटना : एक यात्रीको मृत्यु, सात जना घाइते

म्याग्दीमा जिप दुर्घटना : एक यात्रीको मृत्यु, सात जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० माघ २०७९
  • 5.6K
    Shares

जिप दुर्घटना , jeep sccident

म्याग्दीको ग्रामिण इलाकामा सोमबार दिउसो एक जिप दुर्घटनाग्रस्त हुँदा एक यात्रीको मृत्यु हुनुका साथै अन्या सात जना घाइते भएका छन्।

म्याग्दीको मंगला गाउँपालिका– २ थाईबाङबाट सदरमुकाम बेनी आउदै गरेको ग १ ज ६९३८ नम्वरको बोलेरो जीप मंगला गाउँपालिका– २ काफलचौरमा दुर्घटना हुदाँ सवार एक जनाको मृत्यु भएको हो भने अन्य सात जना घाईते भएका छन्।

जिल्ला अस्पताल म्याग्दीका अनुसार, उक्त दुर्घटनामा परेर घाइते भएकी मंगला गाउँपालिका– १ की फमाया गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाईते मंगला गापा १ की ३४ बर्षकी सन्तु केसी, १० बर्षका सिवानी केसी र ५ बर्षका छोरा रिवान केसीको थप उपचारका लागि पोखरा रिफर गरिएको बेनी अस्पतालका सुचना अधिकारी रिन्छेन चालिसेले जानकारी दिए।

अन्य घाईते मंगला गापा १ का १५ बर्षकी बविना परियार, ३८ बर्षका टेकबहादुर गर्वुजा, ५० बर्षकी भमिकला नेपालीको बेनी अस्पतालमा उपचार भईरहेको बेनी अस्पतालले एक प्रेस बिज्ञप्ति जारी गरेर जानकारी दिएको छ। उनीहरुको अवस्था सामान्य रहेको पनि बताइएको छ। मंगला गापा वडानम्वर २ की २३ बर्षकी विपना कार्कीको उपचार प्रश्चात डिचार्ज गरिएको बेनी अस्पताले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ। घटनास्थलबाट जनप्रतिनिधि, स्थानीय र प्रहरीले उद्धार गरेर घाईतेलाई बेनी अस्पताल ल्याएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार