चमेलिया नदी किनारमा शनिबार भेटिएको शबको भयो सनाखत

चमेलिया नदी किनारमा शनिबार भेटिएको शबको भयो सनाखत


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ माघ २०७९
  • 5K
    Shares

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चमेलिया नदी किनारमा शनिबार भेटिएको शबको सनाखत भएको छ। उक्त शब सोही नगरपालिका २ नम्बर वडाकी २२ वर्षीया धनमती भट्टको रहेको प्रहरीले जनाएको छ ।

चमेलिया नदी किनारमा शनिबार करिब अपराह्न ४ बजेतिर महिलाको शव पानीमा डुबेको अवस्थामा फेला परेको थियो। अहिले शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको र घटना थप अनुसन्धान भइरहेको इप्रका गोकुलेश्वरका इन्चार्ज वीरेन्द्र थापाले बताए ।

माधबीको हत्या भएको हो कि खोलाले बगाएर मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार