गण्डकीका मुख्यमन्त्रीमा खगराजले आज लिए विश्वासको मत, स्वतन्त्र सांसद मनांग्गेको मत भने पाएनन् उनले

गण्डकीका मुख्यमन्त्रीमा खगराजले आज लिए विश्वासको मत, स्वतन्त्र सांसद मनांग्गेको मत भने पाएनन् उनले


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ पुष २०७९
  • 4.5K
    Shares

गण्डकीका मुख्यमन्त्रीमा खगराजले आज लिए विश्वासको मत, स्वतन्त्र सांसद मनांग्गेको मत पाएनन् उनले

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिएका छन्।

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

आजको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएका हुन्। अधिकारीले ३१ मत प्राप्त गरेका छन्। उनी गठबन्धनबाट ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । अधिकारीको विपक्षमा २७ मत परेको छ।

६० सदस्यीय गण्डकी प्रदेशमा अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र)का आठ, राप्रपाका दुई मत प्राप्त भएको छ। स्वतन्त्र निर्वाचित राजीव गुरुङले मुख्यमन्त्री नियुक्ति गर्न समर्थन गरे पनि विश्वासको मत दिएनन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार