निर्माणाधीन घरबाट निर्माण सामाग्री चोरी गरेको आरोपमा पोखराबाट दुई जना पक्राउ

निर्माणाधीन घरबाट निर्माण सामाग्री चोरी गरेको आरोपमा पोखराबाट दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ पुष २०७९
  • 4.8K
    Shares

निर्माणाधीन घरका निर्माण सामाग्रीहरु चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं. १ कसेरी बस्ने वर्ष २४ का राजु गुरुङ र पोखरा–१६ लामाचौर बस्ने वर्ष ३० का गणेश कुमार राईलाई प्रहरीले निर्माणाधीन घरका निर्माण सामाग्रीहरु चोरी गरेको आरोपमा पक्राउ गरेको हो।

उनीहरुले बुधबार राति करिब १० बजे पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा बडहरेस्थित अर्जुन थापाको निर्माणाधीन घरमा प्रयोग हुने फलामको फोल्डिङ टेका, ट्रष्ट पाईप र ट्रष्ट पाईपमा प्रयोग हुने क्ल्याम बोल्ट लगायतका निर्माण सामाग्री चोरी गरेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय बगर पोखराबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेका राजु र गणेशलाई कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा १० दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य अघि बढाइएको प्राप्त समाचारमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार