खाना नपकाएको भन्दै श्रीमानले लात्ताले हान्दा झापामा श्रीमती ठहरै

खाना नपकाएको भन्दै श्रीमानले लात्ताले हान्दा झापामा श्रीमती ठहरै


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ पुष २०७९
  • 5K
    Shares

विश्वराज घिसिङ

खाना नपकाएको भन्दै श्रीमानले लात्ताले हान्दा झापामा श्रीमती ठहरै भएकी छिन्।

भोजपुरको अरुण गाउँपालिका– १ घर भई झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा वीरबहादुर भुजेलको घरमा डेरा गरी बस्ने ३५ वर्षका विश्वराज घिसिङ र ३६ वर्षकी प्रमिला भुजेल घिसिङबीच खाना नपकाएको निहुँमा गएराति झगडा भएको थियो । झगडाकाे क्रममा विश्वराजले प्रमिलालाई लात्तीले पेटमा हान्दा उनी ठहरै भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनामा संलग्न विश्वराजलाई पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार