श्रीमतीलाई बन्चरोले हानि घाइते बनाएर भागेका कालेको हत्या : दुई जना पक्राउ

श्रीमतीलाई बन्चरोले हानि घाइते बनाएर भागेका कालेको हत्या : दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २७ पुष २०७९
  • 14.9K
    Shares

जिल्ला प्रहरी कार्यालय नुवाकोट , dpo nuwakot

श्रीमतीलाई बन्चरोले हानि घाइते बनाएर भागेका एक व्यक्ति पनि मृत भेटिएका छन्। उनको हत्या गरिएको आशंका प्रहरीले गरेको छ।

नुवाकोट जिल्लाको ककनी गाउँपालिका-२ चित्रेका ३९ वर्षीय काले भन्ने माइला तामाङले आफ्नै श्रीमती ३५ वर्षीया निरमायालाई धारिलो हतियार (बन्चरोले) टाउकोमा प्रहार गरी घाइते बनाएर भागेकोमा एक दिनपछि मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

कालेले घरायसी बिबादकाकारण श्रीमतीलाई बन्चरो हानेर घाइते बनाएर भागेको प्रहरीको भनाई छ। तर उनको खोजी कार्य भइरहेकोमा मंगलबार ककनी गापा-१ नयाँ बस्ती स्थित चाउथे जाने भित्री कच्ची सडकमा मृत अवस्थामा फेला परेका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए। उनको हत्या आशंकामा प्रहरीले दुई जना युवकलाई पक्राउ गरिएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार