ललितपुर महानगरपालिका-३ स्थित धोबिघाटको एक कवाडी गोदाममा बिहीबार बिहान साढे १० बजेतिर आगलागी भएको छ।
आगलागी कसरी लागेको भन्ने खुलिसकेको छैन। अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं र ललितपुरको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।