राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै अमेरिकाको सिनेटले गर्यो सरकारी डिभाइसमा टिकटक बन्द गर्ने प्रस्ताव पारित

राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै अमेरिकाको सिनेटले गर्यो सरकारी डिभाइसमा टिकटक बन्द गर्ने प्रस्ताव पारित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ मंसिर २०७९
  • 4.1K
    Shares

अमेरिकाको सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध प्रस्ताव पारित

बुधवार अमेरिकाको माथिल्लो सदन सिनेटले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ।

समाचार पत्र द गार्डियनका अनुसार उक्त प्रस्तावमा अमेरिकाका संघीय कर्मचारीहरूले सरकारी डिभाइस प्रयोग गरेर टिकटक प्रयोग गर्न नपाउने उल्लेख छ।

राष्ट्रपति जो बाइडेनले प्रमाणीकरण गर्नुअघि उक्त प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पारित गर्नुपर्छ।

चिनियाँ कम्पनीको स्वामित्व भएकाले टिकटकबाट प्रयोगकर्ताको विवरणहरू बेइजिङ पुग्ने र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भन्दै अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउनु पर्ने आवाज उठिरहेको छ।

अमेरिकी राज्यहरू नर्थ डाकोटा, इओवालगायतले यसअघि नै टिकटकमाथि प्रतिबन्ध लगाइसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार