आसन्न स्थानीय तहको चुनाबमा सबैतिरबाट ध्यानाकर्षण गरिएको पर्यटकीय नगरी पोखरा महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका लागि १२ जना र उपमेयर पदका लागि ११ जना आकाँक्षी देखिएका छन्।
आज पोखरामा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा तीन हजार रुपियाँ दस्तुर बुझाएर मेयर पदका लागि १२ जना र उपमेयर पदका लागि ११ जनाले आकांक्षा राखेका हुन् । यसरी आकांक्षा राख्नेमा हाल बहालवाला मेयर मान बहादुर जिसी र उपमेयर मंजु देवी गुरुङको नाम समाबेश गरिएको छैन।
वर्तमान मेयर जिसी मस्तिष्कघातबाट बिरामी भएर स्वास्थ्यलाभ गरिरहेका छन्। तर उपमेयर मंजुदेवी गुरुङ नै पोखरा महानगरपालिकाको आगामी मेयरको प्रबल दाबेदार भएको प्रचार गरिदै आएको थियो। तर आज उनले मेयर पदमा दाबी गरेकी छैनन्।
पोखरा महानगरको मेयर पदमा वर्तमान गण्डकी प्रदेश सभाका सदस्यद्वय कृष्ण थापा र राजीव पहारीले पनि आकांक्षा राखेका छन् । थापा पोखरा उपमहानगरपालिकाका पुर्व मेयर हुन् भने नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन्। गण्डकी प्रदेशका सांसदद्वय थापा र पहारीले मेयर पदमा आकांक्षा राखेको अवस्थामा उनीहरु उम्मेदवार बन्न वार्तामं पदबाट राजिनामा दिनु पर्ने कानूनी ब्यस्बथा रहेको छ।
यदि गण्डकी प्रदेश संसद पदबाट एक जना सांसदले राजिनामा दिने हो भने पनि एमालेका लागि घातक हुने सम्भावना देखिएको छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा हाल नेपाल कम्युनिस्ट पार्टी एमालेका २८ सांसद रहेका छन्। यदि गण्डकी प्रदेश सभाको वर्तमान गठबन्धनबीच दरार उत्पन्न भयो भने जुनसुकै बेला वर्तमान कृष्ण चन्द्र नेपाली नेतृत्वको प्रदेश सरकार कुनै पनि बेला गिर्न सक्ने सम्भावना रहन्छ। त्यस्तो अवस्थामा एमालेका एक सांसदको पनि ठुलो महत्व हुनेछ। त्यही कारण जुनसुकै बेला गण्डकी प्रदेश सरकार गठन गर्नुपर्ने सम्भावना रहेको अवस्थामा प्रदेश सांसदले तत्काल राजिनामा दिएर पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिन सक्ने सम्भावना न्यून रहेको एमाले नेता-कार्यकर्ताहरु बताई रहेका छन्। तर आबश्यकताको सिद्धान्तालई साथ् दिदै उनीहरु मध्येबाट पुर्व मेयर थापा आगामी मेयर पदमा उठ्न सक्ने धेरैको बुझाई छ। उनले उम्मेद्वारी दिए भने बिजयी हुने आशा एमाले नेता कार्यकर्ताहरुले गरेका छन्।
वर्तमान उपमेयर मंजुदेवी गुरुङले मेयर पदमा आकांक्षा नराखेको तथा प्रदेश सांसदद्वय थापा र पहारीले उम्मेद्वारी नदिएको अवस्थामा त्यसपछि पोखरा महानगरपालिकाका मेयर पदका लागि एमालेबाट पुश्पज्योती ढुंगानालाई प्रबल दाबेदार मानिएको छ। उपमेयर गुरुङले आफ्नो इच्छा प्रकट नगरेको अवस्थामा अबको मेयर पदको दाबेदार ढुंगाना नै रहेको एमालेवृत्तमा चर्चा चलन थालेको छ। त्यसो त एमाले नेता भिम कार्की, तात्कालिन बिद्यार्थी नेता व्बम स्ववियु पृथ्वी नारायण क्याम्पसका पुर्व सभापति रश्मि आचार्य, प्रा. डा. विश्वकल्याण पराजुली, पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्य्क्ष दर्शन लामा पनि धेरै नै सम्भावना बोकेका दाबेदारका रुपमा हेरिएको छ। त्यसका साथमा मिनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल र पुष्पराज अधिकारी समेतले पनि पोखराको मेयरको रुपमा आकांक्षा देखाएका छन् ।
मेयर पदका आकांक्षीहरुमध्येबाट दुई पुरुष र एक महिलाको नाम पार्टी केन्द्रीय कमिटीमा सिफारिस हुने बताइएको छ ।
यता पोखरा महानगरपालिकाको उपमेयर पदमा भने तीन महिलासहित ११ जनाले आकांक्षा राखेका छन् । नेपालको संविधानले उम्मेद्वारी दर्ता गर्दा मेयर वा उपमेयर पदमा एक जना महिला हुनुपर्ने अनिवार्य आबश्यकता तोकेको छ। मेयर पदमा पुरुषको उम्मेद्वारी हुनसक्ने धेरैको अनुमान छ। यस्तो अवस्थामा उपमेयर पदमा महिला उम्मेदवार हुनेमा कसैको दुई मत देखिदैन।
नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदमा पत्रकार सुष्मा पौडेल, वका पहारी (त्रिपाठी) र हरिमाया गुरुङ मध्येबाट एक हुनसक्ने अनुमान गरिएको छ। उनीहरु मध्येबाट पत्रकार पौडेलको सम्भावना प्रबल रहेको बताइन्छ। त्यसो त पोखरा महानगरपालिकाको उपमेयर पदमा जिल्ला समन्वय समिति कास्कीका वर्तमान संयोजक बैन बहादुर छेत्री, पोखरा महानगरपालिका वडा नम्बर १९ क अध्यक्ष शोभामोहन पौडेल, वडा नम्बर १६ का अध्यक्ष जीवन प्रसाद आचार्य, रुपाकोट गाउ बिकास समितिका पुर्व अध्यक्ष टिकाराम पंगेनी, पोखरा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष सन्जिब बहादुर कोइराला, सामाजिक व्यक्तित्व बामदेव ढुंगाना र बलराम गायक समेतले पनि आकांक्षा राखेका छन् ।
आकांक्षीहरुबीच सहमतिको प्रयास गर्ने र सहमति नभए मतदानबाट ३ जनाको नाम छनोट गरी केन्द्रीय कमिटीलाई सिफारिस गर्ने महानगरपालिका कमिटीका सचिवालय सदस्य चेतन कार्कीले जानकारी दिए ।
नेकपा एमाले पोखरा महानगर कमिटिका इन्चार्ज दिलिप न्यौपानेले बुधबार एक दिन सहमतिको प्रयास गरिने र यदि सहमति नभए निर्वाचन प्रक्रियाबाट उम्मेदवारको नामावली सिफारिश गरिने बताए।