स्याङ्जाबाट साढे सात केजी भन्दा बढी परिणामको गाँजा सहित ६७ वर्षीय बृद्धलाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अभियुक्त पुतलीबजार नगरपालिका २ हुनिकोट बस्ने ६७ वर्षीय डिलमान सिं गुरुङ रहेका छन्।
उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीको टोलीले स्याङ्जा पुतलीबजार नगरपालिकास्थित उनकै घरबाट गाँजासहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
उनीमाथि लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गराई अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।