बा’ढीप’हिरोबाट म’र्नेको संख्या १२१ पुग्यो, २८ जना अझै बेप’त्ता

बा’ढीप’हिरोबाट म’र्नेको संख्या १२१ पुग्यो, २८ जना अझै बेप’त्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ कार्तिक २०७८
  • 2.9K
    Shares

कात्तिक महिनाको आजसम्म वि’पद्का घ’टनाबाट १२१ को मृ’त्यु भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयको राष्ट्रिय आप’त्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार बा’ढीप’हिरोमा परेर अहिलेसम्म २८ जना बेप’त्ता भएका छन्। कूल ४४ घाइते रहेका र १७९ घर क्ष’ति पुगेको केन्द्रले जनाएको छ।

गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण यसरी मान’वीय क्ष’ति पुगेको हो। मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो। वर्षाका कारण नेपालको पूर्व र पश्चिम क्षेत्र नराम्ररी प्रभा’वित भएको थियो। ठूला–ठूला प’हिरोले मान’वीय क्ष’ति बढी गराएको हो ।

प्राप्त विवरणअनुसार सबैभन्दा बढी कात्तिक ३ गते ६३ जनाको मृ’त्यु र १९ जना बेप’त्ता भएका थिए। कात्तिक ४ गते २९ जनाको मृ’त्यु भएको थियो भने कात्तिक ५ गते १३ को मृ’त्यु भएको गृह मन्त्रालयले जनाएको छ। हराइरहेका खोजी जारी रहेको र राहत तथा अस्याथी आश्रय’स्थलको व्यवस्थापन जारी रहेको मन्त्रालयले जनाएको छ। (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार