खाना पकाउने ग्यासको मूल्‍य सिलिण्डरमै ५० ब’ढ्यो,विद्यार्थी संग’ठनद्वारा मू’ल्यवृ’द्धि फिर्ता गर्न माग

खाना पकाउने ग्यासको मूल्‍य सिलिण्डरमै ५० ब’ढ्यो,विद्यार्थी संग’ठनद्वारा मू’ल्यवृ’द्धि फिर्ता गर्न माग


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ कार्तिक २०७८
  • 5.7K
    Shares

नेपाल आयल निगमले शुक्रबार रातिबाट लागू हुने गरी खाना पकाउने ग्यास सहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इ’न्धनको मू’ल्य बढा’एको हो। निगमले यसपटक खाना पकाउने एलपी ग्यासको भने प्रतिसिलिण्डर ५० रुपैयाँले बढा’एको छ । मूल्य बढेपछी प्रतिसिलिण्डर १५ सय रुपैयाँ पुगेको छ । ग्यासको मूल्‍य सिलिण्डरमै ५० बढ्दा उप’भोक्ता मा’रमा परेका छन् ।

त्यस्तै, पेट्रोलको बिक्री मूल्यमा तीन रुपैयाँले वृ’द्धि गरी १ सय ३३ रुपैयाँ कायम गरेको छ। यस्तै डिजेल र मट्टितेलको मू’ल्य पनि प्रतिलिटर तीन रुपैयाँले नै बढेर एक सय १६ रुपैयाँ पुगेको छ। आन्तरिक तथा बाहृय हवाई इन्ध’नमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इ’न्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इ’न्धनको मूल्य अमेरिकी डलर आठ सय ५३ प्रति किलो लिटर कायम गरिएको छ।

मूल्य समायोजनपछि पनि निगमलाई पे’ट्रोलमा प्रतिलिटर १२.५५, डिजेलमा प्रतिलिटर ११.६७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय ६१.२२ रुपैयाँ घा’टा हुने निगमको दाबी छ। निगमले आफूलाई प्रतिमहिना चार अर्ब घा’टा बेहोर्नुपरेको भन्दै मूल्‍’यवृद्धि गर्नुपरेको बताइएको छ।

यता विभिन्न छ विद्यार्थी सङ्गठनले पेट्रो’लियम पदा’र्थमा शुक्रबार गरिएको मू’ल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । निगमले पेट्रो’लियम पदार्थमा निरन्तर गरिरहेको मूल्य वृद्धि’ले आम नेपालीको जनजीवनमा सिर्जना गरेको नका’रात्मक परिस्थितिप्रति गम्भीर ध्याना’कर्षण भएको उनीहरुले जनाएका छन् ।

दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्य वृद्धिले समग्र क्षेत्रमा पार्ने प्र’भावले जनताको ढाड सेक्ने काम गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त विज्ञप्तिमा निगमभित्रको भ्र’ष्टाचार, चुहा’वट, अनिय’मितता र बे’थिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रो’लिया पदा’र्थ उपलब्ध गराउन विभिन्न उपायको खोजी गर्नेतर्फ लाग्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार