रोजगारीको लागि भारत जाँदै गरेका एकै परिवारका दुई जना महाकाली नदीमा डुंगा पल्टिँदा बेपत्ता

रोजगारीको लागि भारत जाँदै गरेका एकै परिवारका दुई जना महाकाली नदीमा डुंगा पल्टिँदा बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ कार्तिक २०७८
  • 3.6K
    Shares

रोजगारीको लागि भारत जाँदै गरेका एकै परिवारका दुई जना महाकाली नदीमा डुंगा पल्टिँदा बेपत्ता भएका छन्। बैतडीको शिवनाथ गाउँपालिका–१ कुस्मौत घाट महाकाली नदीमा डुंगा पल्टिँदा एकै परिवारका दुई जना यात्रु बेपत्ता भएका हुन्।

गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले दिएको जानकारी अनुसार,बेपत्ता हुनेमध्ये १३ वर्षीया एक बालिकाको बुधबार साँझ शव भेटिएको छ।  डुंगाका चालक र अन्य ३ जना यात्रु सुरक्षित रहेको प्रहरीले जनाएको छ। आमाबुवा र एक बच्चाको सकुशल उद्वार भएको हो। डुंगामा ५ जना यात्रु र ५ चालक रहेको बुझिएको जिल्ला प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिए । सांकेतिक चित्र 

प्रतिक्रिया
सम्बन्धित समाचार